Logo
Logo

अझै पाएनन् उखु किसानले रकम


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, ४ माघ । सरकारसँग सम्झौता गररेको समय बितिसक्दा पनि चिनी उद्योगीले उखु किसानलाई रकम दिनएका छैनन् । चिनी उद्योगीले उखु लिए वापतको रकम नदिएछि पछिल्लो पटक काठमाडौंमा उखु किसानले आन्दोलन गरेका थिए ।

किसानको आन्दोलनपछि उद्योगीले २१ दिन भित्र रकम भुक्तानी गरिसक्ने सरकारसँग कबोल गरेका थिए । तर, उद्योगीले मागेको २१ दिन बितिसक्दा पनि किसानलाई रकम नपाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म चार उद्योगबाट ५४ करोड रुपैयाँ रकम उखु किसानको खातामा पुगिसकेको भए पनि बाँकी उद्योगले भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । किसालले राजनधानीमा आन्दोलन गरेपछि पुस १३ गते सरकारले किसानसँग ४ बुँदे सम्झौता गरेको थियो । उद्योग मन्त्रालयका प्रतिनिधि र किसानबीच चिनी उद्योगीले किसानलाई २१ दिनभित्र सबै रकम तिरिसक्नुपर्ने सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्