Logo
Logo

कांग्रेस केन्द्रीय समितिको बैठक पुनः सर्‍यो


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ । भोलि ( मंगलबार)का लागि बोलाइएको बैठक ८ दिनका लागि सारिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक १३ माघका लागि सारिएको बताएका छन् ।

 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यह तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थिति हुन भनिएको छ । बैठकमा पार्टी महाधिवेशन, पछिल्लो समय प्रतिनिधिसभा विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठक निरन्तर सर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्