काठमाडौं, ६ माघ । काठमाडौंको कलंकीस्थित खड्का गाउँमा एक कोठामा हिटरपबाट आगो सल्किँदा एक जनाको मृत्यु भएको छ।
हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका थिए।
त्यस क्रममा विद्युत सर्ट भएर आगलागी भएको हो। आगोले खड्काको छाती, पेट र ढाड पूरै जलेको प्रहरीको भनाई छ ।