Logo
Logo

सडकमै राष्ट्रियसभा बैठक : ‘ओलीको कदम असंवैधानिक ठहर’


- दृष्टि न्युज/संवाददाता

1.4k
Shares

काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली कदमविरुद्ध सडकमै ‘नमुना राष्ट्रियसभा’ बैठक राखिएको छ । ‘नेपाल टीन लिडर्स’को आयोजनामा बुधबार सडकमै ‘नमुना राष्ट्रियसभा’ बैठक राखिएको हो । उक्त बैठकले प्रधानमन्त्रीको कदम ‘असंवैधानिक’ भएको निष्कर्ष निकालेको छ ।
काठमाडौंको भृकुटीमण्ड अगाडि भेला भएका उनीहरुले संसदीय प्रक्रियाजस्तै बैठक चलाएका थिए । बैठकको अध्यक्षता विवश बलामीले गरेका थिए । राष्ट्रिय गानबाट सुरु गरिएको ‘नमुना राष्ट्रियसभा बैठक’मा रिवाज बानियाँले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावमाथि छलफलमा प्रधानमन्त्रीका कदम ‘असंवैधानिक’ भएको ठहर युवाहरुले गरेका हुन् । उनीहरुले ओलीले राजीनामा दिनुपर्ने ‘निर्णय’ समेत गरेका छन् । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेयता दैनिक उक्त कदमको विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्