काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंले साढे तीन अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले १० वर्षे अवधि रहेको सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो ।
‘एनसीसी बैंक ऋणपत्र २०८६’ नामको उक्त ऋणपत्र निष्काशन गर्न कम्पनीले गत माघ ५ गते नै बोर्डको अनुमति पाएको हो । यससँगै बैंकले ९.५ प्रतिशत व्याजदरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्ने छ ।
यसमध्ये बैंकले व्यक्तिगत तवरबाट १८ लाख कित्ता र सर्वसाधारण तवरबाट १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।