Logo
Logo

बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, ७ माघ । भाेलि (बिहीबार)देखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न बिहीबारदेखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले जानकारी दिए । पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उनको भनाइ छ ।

पुल मर्मतका लागि नाका बन्द हुने भएपछि छिटो-छिटो गरेर बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको पनि भन्सारले जनाएको छ । खत्रीका अनुसार मंगलबार ३० कन्टेनर र बुधबार २२ कन्टेनर गरेर ५२ वटा कन्टेनर सामान भित्रिएका छन् ।

खत्रीका अनुसार साउनदेखि ४२ करोड राजस्व असुली भएको छ। पछिल्लो एक साता मात्रै तीन करोड राजस्व असुली भएको छ।

तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन नभएको पनि भन्सार प्रमुख खत्रीले बताए । प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि पुल मर्मत गरिने निश्चित भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्