Logo
Logo

ह्वाइट हाउस छिरेको पहिलो दिनमै बाइडेनले उल्टाए ट्रम्पले गरेका अधिकांश निर्णय


- दृष्टि न्युज/संवाददाता

3k
Shares

काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका अधिकांश निर्णय उल्ट्याएका छन्।

बुधबार सपथ ग्रहण गरेका बाइडेनले ओभल अफिसमा कार्यभार सम्हाल्दै १७ वटा एक्जुकेटिभ अर्डरमा हस्ताक्षर गरे । तीमध्ये अधिकांश ट्रम्पले गरेका निर्णयहरू उल्ट्याउने भएका हुन् । यसअघि ट्रम्पले पेरिस क्लाइमेट सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए।

विश्वव्यापी जलवायू परिवर्तनका विषयमा काम गर्ने उक्त सम्झौतामा अमेरिका फेरि जोडिने बाइडेनले निर्णय गरेका छन्। अबको ३० दिनमा अमेरिका सम्झौताको एक हस्ताक्षरकर्ता हुने बताईएको छ ।

केही मुस्लिम देशका आप्रवासीमाथि ट्रम्पले लगाएको प्रतिबन्ध पनि बाइडेनले खारेज गरिदएका छन्। उनले ती मुलुकहरूमा रहेका अमेरिकी दूतावासका अधिकारीलाई अप्ठेरोमा परेका र सहयोगको खाँचो भएका मानिसहरूको भिसा प्रक्रिया अघि बढाउने भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने ट्रम्पको घोषणालाई पनि बाइडेनले उल्ट्याएका हुन् ।

बाइडेनले अमेरिका र मेक्सिकोको सीमामा ट्रम्पले लगाउन थालेको पर्खालको काम पनि स्थगित गरिदिएका छन् । उनले पर्खाल बनाउन गइरहेको पैसा रोकेर त्यसको समीक्षा गर्ने बताएका हुन् । ट्रम्पले ल्याटिन अमेरिका हुँदै आउने आप्रवासी रोक्न मेक्सिकोको सीमामा पर्खाल लगाउने चुनावी नारा दिएका थिए। राष्ट्रपति बनेपछि उनले पर्खालका लागि अर्बौं डलर जुटाउन राष्ट्रिय आपतकाल घोषणा गरेका थिए।

जनगणनामा नागरिकता नभएका मानिसलाई सहभागी नगराउने ट्रम्प प्रशासनको योजना पनि बाइडेनले उल्टाएका छन्। अवैधानिक आप्रवासीलाई खोजी खोजी देश निकाला गर्ने ट्रम्पको निर्णय पनि उनले खारेज गरिदिए । देशभरि मास्क अनिवार्य रूपले लगाउनु पर्ने अर्डरमा बाइडेनल हस्ताक्षर गरेका छन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पदको शपथ लिएपछि बाइडेनले भने- हामी लोकतन्त्रको उत्सव मनाईरहेका छौँ

बाइडेनको ह्वाइट हाउस यात्रा र नेपालको अपेक्षा

 

प्रतिक्रिया दिनुहोस्