Logo
Logo

हामी रातो झण्डा फहराउनेवाला हौँ : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल हुन थालेकाले प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको दावी गरेका छन् । बिहीबार ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको समेत बताए । ‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ’, उनले भने, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनौँ । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।’
पत्रकारकै कार्यक्रममा प्रधानमन्त्री ओली पत्रकारमाथि समेत खनिए । पछिल्लो समय प्रतिनिधिसभा विघटनविरुद्ध समाचार आइरहेको प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।
‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार ः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा : प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ

प्रतिक्रिया दिनुहोस्