Logo
Logo

कमलपोखरीको पुनर्निर्माण विवाद : महानगरविरुद्ध अभियन्ता सर्वोच्च पुगे


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, ८ माघ । काठमाडौ महानगरपालिकाले ऐतिहासिक कमलपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरेर मौलिक स्वरूप बिगारेको भन्दै संरक्षण अभियन्ताले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् । पुरातत्व विभागले मौलिक स्वरूप नबिगार्न भन्दै पत्र काटेकै रात डोजर चलाएको भन्दै अभियन्ता सर्वोच्च पुगेका हुन् ।

कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी पुनर्निर्माण भइरहेकाले सो काम रोक्न पुरातत्वले सोमबार महानगरलाई चिठी लेखेको थियो । चिठी पाएकै रात महानगरले पोखरीमा डोजर चलाएर माटो निकालेकाले कानुनी प्रक्रियाबाट अगाडि बढेको अभियन्ताको आरोप छ ।

संविधानको धारा ३०, उपदफा (१) ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने भनेको छ । त्यस्तै, धारा ५१ (५) मा वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधता संरक्षण, संवद्र्धन र दिगो उपयोग गर्ने तथा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले प्राचीन स्मारक संरक्षण गर्नुपर्ने भनिएको छ ।

यता, महानगरपालिकाले भने कुनै पनि पत्र नआएको दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्