एजेन्सी – जन्मपछि मानिसको मृत्यु निश्चित छ । तर, मिति भने यकिन हुन्न । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा हुन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने थाहा हुन्न । यहाँ मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे चर्चा गरिएको छ ।
के तपाईंलाई मृत्यु पछि शरीरभित्र रहेका यी ब्याक्टेरिया के हुन्छन् भन्ने थाहा छ ? वास्तवमा, मानिसको मृत्यु भएपछि पनि यी ब्याक्टेरिया हाम्रो शरिरभित्र जिउँदो हुन्छ । मृत्युको तीन दिनसम्म पनि यसले हाम्रो शरीरमा भएको खानेकुरा खाने गर्दछन् । तर खाना समाप्त भएपछि यसले हाम्रो शरिरलाई नै खान सुरु गर्दछ । यसरी नै मृत्युको तीन दिन पछि हाम्रो शरिरभित्र खाली हुने गर्दछ किनभने यी एन्जाइम्सले त्यसलाई खान थाल्छ ।
डाक्टरको अक्षरका कारण हरेक वर्ष संसारभरी करिब सात हजार मानिसको मृत्यु हुन्छ । मृत्युपछि हाम्रो हात र खुट्टाको नङ बढ्दैन । वास्तवमा, हाम्रो नङ वरिपरिको छाला खुम्चिने गर्दछ जसका कारण नङ बढेको जस्तो देखिन्छ ।सूडानमा आज पनि क्रसमा चढाएर मृत्यु दिने तरिका अपनाइन्छ । मानिसहरु दुनियाँमा आएपछि अहिलेसम्म करिब १ सय बिलियनभन्दा बढिको मृत्यु भइसकेको छ ।
हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु प्रसवको क्रममा हुन्छ । इटालियन सिरियल किलर लेखोनार्डा सिन्चुल्लीले मानिसहरुको हत्या गरेर उनीहरुको शरिरबाट चिया र केक बनाउँथिन् र आफ्नो घरमा आएका पाहुनालाई खुवाउने गर्दथिन् । रुसमा सन् १९२३ मा जन्मिएका धेरैजसो मानिसहरु (करिब ८० प्रतिश) को मृत्यु दोस्रो विश्वयुद्धमा भएको थियो । हरेक ४० सेकेन्डमा संसारका कोही एक व्यक्ति आत्महत्या गर्ने प्रयास गर्दछन् । मानिसको मृत्युपछि सबैभन्दा अन्तिममा उनको सुन्ने शक्ति समाप्त हुन्छ ।