काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगौडाको संज्ञा दिएका छन् ।
नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदको विरोधमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता खनालले ओलीले पार्टी छोडेर भागेकाले ओली भागौडा रहेको बताएका हुन ।
सबै कम्युनिष्ट पार्टी मिलेर बनेको पार्टी छोडेर जानुपर्ने कुनै कारण नभएता पनि पार्टी छोडेर जानु कम्युनिष्ट आन्दोलनबाट भाग्नु हो, नेता खनालले भने ।
नेत खनालले भने– ओली पार्टी छोडेर हुनुमानहरु नेतृत्व गर्दैछन् । हनुमानहरुकै भरमा व्यवस्था नै खारेज गर्ने विरुद्ध लागेका छन् ।