Logo
Logo

१४ गतेदेखि कोभिड भ्याक्सिन लगाउने तयारी, सुरक्षाकर्मीले कहिले पाउँछन् ?


- दृष्टि न्युज/संवाददाता

2.1k
Shares

काठमाडौं, १० माघ ।
नेपालमा माघ १४ गते कोभिड भ्याक्सिन सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै १४ गतेदेखि अभियानको सुरु गर्न लागिएको बताएका छन् ।


पहिलो चरणमा स्वास्थ्यकर्मीलाई भ्याक्सिन लगाइनेछ । भारतले अनुदानमा दिएको १० लाख भ्याक्सिन बिहीबार नेपाल ल्याइएको थियो । जून करिब साढे चार लाख जनालाई लगाइने छ ।

स्वास्थ्यकर्मीपछिको प्राथमिकतामा कसलाई राख्ने तय भइसकेको छैन । स्वास्थ्यकर्मीपछि सुरक्षाकर्मी प्राथमिकतामा पर्ने सम्भावना छ । कोभिडको जोखिम भत्ता नपाएपछि भ्याक्सिनमा भने सुरक्षा निकायले चासो दिएका छन् ।

भ्याक्सिनबारे विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार गृह मन्त्रालयका प्रतिनिधिसहित बैठक समेत बसेको थियो । जसमा गृहका सहसचिव शालिकराम शर्मा पौडेल सहभागी थिए । पौडेलका अुनसार सुरक्षाकर्मीलाई पनि पहिलो प्राथमिकतामा राख्न पहल गरिएको छ । हाल स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्तालाई भ्याक्सिन पहिलो प्राथमिकतामा राखिएको छ । त्यसपछि ज्येष्ठ नागरिकलाई भ्याक्सिन लगाउने कि सुरक्षाकमीलाई भन्नेबारे टुंगो लागेको छैन ।

सुरक्षाकर्मीलाई प्राथमिकतामा राख्दा पनि त्यसमा पनि फिल्डमा खटिने र धेरै उमेरकालाई भ्याक्सिन पाउने सूचिमा राख्नेबारे छलफल भएको छ । ‘५ लाख जनाको डाटाबेस तयार हुँदैछ,’ सहसचिव पौडेल भन्छ्न,‘त्यसमा स्वास्थ्यकर्मीपछि को–को राख्ने भन्ने छलफल हुँदैछ ।’ उता भ्याक्सिनको ओसारपसार तथा भण्डारणको क्रममा सुरक्षा व्यवस्था मिलाउन पनि स्वास्थ्यले गृह मन्त्रालयसँग छलफल गरेको छ ।
सुरक्षाकर्मीलाई दिने निर्णय भएपनि सबैले पाउने छैनन् । अन्य रोग भएका तथा धेरै उमेरकालाई प्राथमिकता सूचिमा राख्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्