पर्सा, ११ माघ । वीरगञ्ज महानगरपालिकामा ११ वर्षीया बालिका बलात्कृत गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाकी बालिका बलात्कार गर्ने भारतीय नागरिक नेहाल मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपी मियाँलाई जर्बजस्ती करणीको मुद्दामा म्याद थप गर्न जिल्ला अदालत पर्सा पेश गर्ने प्रहरीले तयारी गरेको छ । मियाँ र पीडित बालिकाका पिता साथी हुन् । पीडितको घरमा बसेका मियाँले जबरजस्ती गरेपछि बालिका चिच्याएकी थिइन ।
पीडित बालिकाका पिताले थाहा पाएपछि पीडक मियाँ फरार भएका थिए । फरार मियाँलाई प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।