काठमाडौं, ११ माघ । सरकारले माघ १४ गते बुधबारदेखि कोभिड१९ विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । अभियान अन्र्तगत पहिलो चरणमा फ्रन्टलाइनमा रहेका काम गर्नेहरुलाई खोप दिइनेछ ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिएका हुन् । अभियानको उद्दघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
भारत सरकारले दिएको १० लाख डोज कोरोनाविरुद्धको खोपमार्फत नेपालमा खोप अभियान सुरु गर्न लागिएको हो । उक्त खोप एक व्यक्तिलाई दुई डोज दिनु पर्ने भएकाले पहिलो चरणमा ४ लाख ३० हजारभन्दा बढीलाई पुग्ने अनुमान गरिएको छ ।