Logo
Logo

प्रधानमन्त्री कपको सेमिफाइनलमा बागमती


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, ११ माघ । बागमती प्रदेश प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमती सेमिफाइनलमा पुगेको हो ।

बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो । रोमान्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो । लुम्बिनीले ९ विकेट गुमाईसकको थियो । यस्तोमा दिपेन्द्र रावत रन आउट भएपछि खेल ’टाइ’ भएको थियो । बागमतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । बागमतीका लागि आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले । लुम्बिनीसँगको खेल बराबरी भएसंगै समूह ’बी’ एपीएफले ४ खेलमा ७ अंक जोड्यो । एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो ।

लुम्बिनीले भने ४ खेलमा ५ अंक जोडेको छ । लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर छ । अब समूह चरणको अन्तिम खेलमा पुलिस र प्रदेश २ खेल्न छन् ।

प्रतिक्रिया दिनुहोस्