Logo
Logo

भारतमा १५० जनामा देखियो नयाँ कोरोना भाइरस


- दृष्टि न्युज/संवाददाता

1.4k
Shares

 

एजेन्सी, ११ माघ । भारतमा पनि बेलायतको नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बेलायतको नयाँ प्रकारको कोरोना भाइरस १ सय ५० जनामा देखिएको हो । मन्त्रालयले भनेको छ, ‘बेलायती कोरोनाको भेरिएन्ट यहाँ पनि १५० जना व्‍यक्तिमा भेटिएको छ।’ ती सबै कोरोना संक्रमितलाई छुट्टाछुटै आइशोलेशनमा उच्च निगरानीका साथ राखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै उनीहरुको सम्पर्कमा आएका व्‍यक्तिहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्