Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नागरिक समाजको प्रदर्शनदेखि निदान अस्पतालको मिर्गौला तस्करी प्रकरणसम्म


- दृष्टि न्युज/संवाददाता

63
Shares

हेडलाइन्स्

१. प्रतिनिधिसभा विघटन विरुद्धको रिट आठौं दिन पनि हेर्दाहेर्दैमा, बहस भोलि पनि जारी रहने, संवैधानिक इजलासमा अधिवक्ताद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीको माग ।

२. सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णय विरुद्ध बृहत् नागरिक समाजको प्रदर्शन, प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जनौँ अभियन्ता घाइते ।

३. प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः दोहो¥याए, तोकिएको मितिमा निर्वाचन हुने दावी, पार्टीमा कसैलाई कारवाही नगरेको तर्क ।

४. बहुमत केन्द्रीय सदस्य रहेकाले आफूहरू आधिकारिक भएको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालको दावी, भ्रष्टाचारको मुद्दा उठाउँदा प्रधानमन्त्रीले संसद विघटन गरेको ठोकुवा ।

५. निर्वाचन आयोगको निर्णयले पनि पार्टी फुट्न नहुने सन्देश दिएको नेकपाका उपाध्यक्ष बामदेव गौतमको भनाइ, अध्यक्ष दिने समूहमै गएर पार्टी एकता गर्ने प्रष्टोक्ति ।

६. नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बस्दै, सरकारविरुद्ध आन्दोलन र महाधिवेशनका कार्यक्रम घोषणा गर्नुपर्ने रामचन्द्र पौडेल पक्षको जोड ।

७. प्रतिनिधिसभाको विरोध गर्ने देश विरोधी हुन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति, प्रधानमन्त्रीको अधिनायक आकांक्षालाई पुष्टि गरेको भन्दै विज्ञप्ति जारी ।

८. निदान अस्पतालमा भएको मिर्गौला तस्करी प्रकरणको थप रहस्य बाहिरियो, ‘सेटिङ’मा अस्पतालका प्रमुख डा पुकारचन्द्र श्रेष्ठको पनि हात रहेको प्रतिवादीको बयान ।

९. एपीएफ प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटको सेमिफाइनलमा, रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित दर्ता, महिला र पुरुष क्लबस्तरीय भलिबल माघ २७ देखि हुने ।

१०. र, मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेजलाई कोरोना भाइरसको संक्रमण, अष्ट्रेलियाद्वारा फाइजरको खोपलाई अनुमति, सिक्किम क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप, २० चिनियाँ सैनिक घाइते ।

प्रतिक्रिया दिनुहोस्