Logo
Logo

जे फोर आइटिएफ टेनिसको दोस्रो चरणमा नेपाली खेलाडी प्रेरणा


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १३ माघ । सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । नैरोबीमा सोमबार भएको पहिलो चरणको खेलमा नेपालकी प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७-५, ७-५ ले पराजित गरिन् ।

प्रतियोगितामा प्रेरणाले १४औं वरियता प्राप्त गरेकी छिन् । प्रेरणाले अब दोस्रो चरणमा ग्रेट ब्रिटेनकी इमोजेन हाडाडसँग खेल्ने भएकी छिन् ।यस्तै नेपालकै अर्की खेलाडी सलोनी तामाङ २०औं वरियतामा छिन् ।

सलोनी भने पहिलो चरणमै बुल्गेरियाकी भिक्टोरिया भेलेभासँग ६—१, ६—२ ले पराजित भइन् । यसअघि जे फोर सर्किट वान अन्तर्गत प्रेरणा सिंगल्सतर्फ दोस्रो चरणमा पुगेकी थिइन् भने गर्ल्स डबल्समा प्रेरणा र सलोनीको जोडी सेमिफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्