Logo
Logo

१६ सय घर भएको संसारकै लामो गाउँ !


- दृष्टि न्युज/संवाददाता

4.1k
Shares

एजेन्सी — एउटा यस्तो गाउँ छ जहाँ १६ सय घरमा मानिसहरुको बसोबास रहेको छ । यस्तो गाउँ जो ९ किलोमिटर लामो छ, तर जम्मा डेढ सय मिटरमात्र चौडा छ ।

हो, युरोपेली मुलुक पोल्याण्डमा रहेको सुलोस्जोवा त्यहीँ विचित्र गाउँ हो । यो गाउँ वास्तवमा संसारकै सबैभन्दा लामो गाउँ पनि हो ।

सुलोस्जोवा गाउँमा करबि १६ सय घरधुरी छन् । गाउँको बीचौँबीचबाट सडक गएको छ र सप्पै घर सडककै दायाँ बायाँ छन् । गाउँमा कूल ६२ सय मानिस बसोबास गर्दछन् । क्राकाओ सहरबाट करीब ३० किलोमिटरको दूरीमा यो गाउँ छ ।

विश्व ग्रामीण योजनाको एक रिपोर्ट अनुसार यो गाउँ १४ औँ शताब्दीमा बसेको हो । सुरुमा यो गाउँको लम्बाई करबि ५ सय मिटर थियो । तर समय क्रमसँगै यसको लम्बाई बढ्दै गयो ।

यो गाउँ आफ्नो असामान्य बनाबटका बाबजुत सबैखाले आधारभूत सहरी सुविधाले युक्त छ । गाउँमा अस्पताल, बैंक तथा स्क’ल सबै सुविधा छन् । गाउँको दुवैतर्फ हराभरा खेतहरु छन् ।

प्रतिक्रिया दिनुहोस्