Logo
Logo

भारतमा गणतन्त्र दिवस मनाउँदै, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए शुभकामना


- दृष्टि न्युज/संवाददाता

756
Shares

काठमाडौं, १३ माघ । भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । प्रत्येक जनवरी २६ मा भारतले गणतन्त्र दिवस मनाउने गर्दै आएको छ । यही दिन सन् १९५० मा भारतमा गणतन्त्र स्थापना भएको थियो ।

गणतन्त्र दिवसको अवसरमा सैन्य शक्ति, विभिन्न झाँकी समेत प्रदर्शन हुने समारोहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भारतको गणतन्त्र दिवसमा अघिल्ला वर्षहरुमा विदेशी विशिष्ट पाहुनालाई प्रमुख अतिथिको रुपमा सहभागी हुने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण कोही पनि विदेशी पाहुनालाई प्रमुख अतिथिको रुपमा बोलाइएको छैन ।

५५ वर्षपछि पहिलोपटक प्रमुख अतिथिविना भारतले गणतन्त्र दिवस मनाउन लागेको हो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै बधाई ज्ञापन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्