Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रधानमन्त्रीलाई मानहानीको मुद्दादेखि नेप्से परिसूचक १७ अंकले घटेकोसम्म


- दृष्टि न्युज/संवाददाता

693
Shares

हेडलाइन्स्

१. संसद विघटनको पक्ष विपक्षमा उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्दा दर्ता, चार पूर्वप्रधानन्यायाधीश विरुद्धको दर्ता हुन सकेन, प्रतिनिधिसभा विद्धटनविरुद्धको मुद्दा पनि हेर्दाहेर्दैमा ।

२. निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई पठायो निर्णयको पत्र, दुवै समूह आयोगले आफू अनुकुल निर्णय गरेको खुसी मनाउँदै ।

३. प्रधानमन्त्री ओलीको असंबैधानिक कदमविरुद्ध सबै जना एक जुट हुन नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालको आग्रह, पार्टीको आधिकारिकता आफूसँग भएको दावी ।

४. प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले घोषणा ग¥यो नयाँ चरणको आन्दोलन, माघ १९ र २४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यसमितिको निर्णय, १३ भातृ संगठनको ६ महिना म्याद थप ।

५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा. सागर राजभण्डारी नेपालमा कोरोनाविरुद्धको खोप लगाउँने पहिलो व्यक्ति बन्दै, खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल शुभारम्भ गर्ने ।

६. विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर फर्किए टोली, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत, प्रधानमन्त्री केपी शर्मा ओलीले दिए बालुवाटार बोलाएर बधाई ।

७. नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले उच्चस्तरीय भेटघाटमा ब्यस्त, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता, अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनको प्राथमिकताबारे राष्ट्रपति भण्डारीलाई जानकारी ।

८. दोहोरो अंकको करेक्सन गर्दै नेप्से परिसूचक १७ अंकले घट्यो, परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा कायम, नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने संयुक्त राष्ट्रसंघको प्रक्षेपण ।

९. प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले १० लाख पाउने, नेपालले फेब्रुअरीमा कतारमा बाइल्याट्रल टी–ट्वान्टी सिरिज खेल्ने, राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले लगातार तेस्रो जित ।

१०.र, अमेरिकी इतिहासमा ज्यानेट यलेन बनिन् पहिलो महिला अर्थमन्त्री, भारतमा आन्दोलनरत किसान दिल्ली आइपुग्दा प्रहरीसँग झडप, एक किसानको मृत्यु, दिल्लीमा इन्टरनेट बन्द ।

प्रतिक्रिया दिनुहोस्