काठमाडौं, १३ माघ ।
तीन साताअघि घुसकाण्डमा मच्चिएको महानगरीय प्रहरी वृत्त थानकोटमा अर्काे काण्ड मच्चिएको छ । वृत्तकाे थुनामा रहेका लागु औषध कारोबार गिराेहका एक मुख्य नाइके रहस्यमय रुपमा भागेका छन् ।
ठूलो परिणामा लागू औषधसहित पक्राउ परेका मोहम्मद इल्जाम भागेका हुन् । उनले लागू औषधका आफुभन्दा ठूला कारोबारी पक्राउ गराउने भन्दै प्रहरीलाई पाटन लिएर गएका थिए । थानकोट वृत्तका इन्सपेक्टर रामप्रसाद सापकोटाको टोलीले उनलाई पाटन लगेको थियो ।
त्यसरी लैजादा हत्कडी समेत नलगाएकाले उनी भागेका थिए । यसमा प्रहरीको समेत मिलेमतोको आशंमा समेत गरिएको छ । इन्सपेक्टर सापकोटासँग स्पष्टिकरण सोधेर कारबाही प्रक्रिया अघि बढाइएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।
यसअघि वृत्तका इन्सपेक्टर गायत्रीराज शर्मा १५ हजार घुुससहित पक्राउ परेका थिए । सवारी ज्यान मुद्दामा सघाउने भन्दै उनले घुस लिएका थिए ।
उता महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले सुन लुटेको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान नै नगरी छाडेको घटनामा पनि अनुसन्धान देखएिको छ । प्रारम्भिक छानबिनमा यसमा उनको लापरबाही देखिएको तर आर्थिक लेनदेन देखिएको छैन ।
पछिल्लो समय काठमाडौं प्रहरीमा अनेक विवाद आइरहेका छन् ।