Logo
Logo

यस्तो छ आजको मौसम पूर्वानुमान


- दृष्टि न्युज/संवाददाता

504
Shares

काठमाडौं, १४ माघ । आजको मौसम पुर्वानुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको छ । हाल देशमा कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसासार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

यस्तै आज दिउँसो प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमाने छ ।

राति प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ का पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्