Logo
Logo

सरकारले माग्यो ४७ हजार कर्मचारी (सूचना हेर्नुस्)


- दृष्टि न्युज/संवाददाता

2k
Shares

काठमाडौं, १४ माघ । नेपाल सरकारले करार सेवाका लागि ४७ हजार जना कर्मचारी माग गरेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।
विभागले ६० दिनभित्र दरखास्त पेश गर्न बुधबार सूचना जारी गरी कर्मचारी माग गरेको हो । विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ । आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ ।

यस्तो छ विभागको सूचना

प्रतिक्रिया दिनुहोस्