Logo
Logo

‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज


- दृष्टि संवाददाता

378
Shares

काठमाडौं, १४ माघ । ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको छ । बुधबार वनमन्त्री प्रेमबहादुर आलेले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उक्त कार्यबिधी खारेज भएका जानकारी दिए ।

वनसम्बन्धी उच्चस्तरिय छानविन समितिकाो प्रतिवेदन अनुसार नै वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको उनले जानकारी दिए । आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरी दिगो वन व्यवस्थापनमार्फत वनजन्य स्रोतको उपयोग गरिने बताए ।

मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो कार्यक्रम खारेज गर्ने मन्त्रालयको प्रस्ताव पारित गरेको जानकारी गराउँदै मन्त्री आलेले उक्त निर्णय एक÷दुई दिनमा राजपत्रमा प्रकाशित हुने बताए । साथै वैज्ञानिक वनको कार्यक्रम आगामी दिनमा दिगो व्यवस्थापनमार्फत कार्ययोजना बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को उक्त निर्णयपछि वैज्ञानिक वन कार्यक्रमबाहेकका सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट प्रक्रिया पु¥याएर खुल्ने उनले बताए ।

फरक प्रसङ्गमा मन्त्री आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता नभई रुख कटान नहुने र आफ्नो मन्त्रालय विकासको बाधकरुपमा समेत नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्