Logo
Logo

सरकारले जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने


- दृष्टि संवाददाता

441
Shares

                                             मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ

काठमाडौं, १४ माघ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले सो निर्णय सुनाएका हुन् ।

त्यस्तै माघ ५ गतेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने र सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री गुरुङले जानकारी दिए ।

बैठकले वन ऐन नियमावली कार्यविधि लागू गर्ने निर्णय गरेको छ भने वन नियमावली, २०७१ खारेज पनि गरेको छ । नेपालमा भएका जनआन्दोलनमा बेपत्ता, योद्धा, द्धन्द्धपीडितको अभिलेख गर्ने, सम्मान परिचयपत्र उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । यसका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको संयोजकतत्वमा तीन सदस्यीय एक समिति गठन गरेको छ ।

त्यसबाहेक नागरिक एप र डिजिटल फ्रेमवर्कबारे यसै साता भित्र वृहत पत्रकार सम्मेलन गर्ने पनि सरकारले निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्