Logo
Logo

वाङ्‍मय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेका तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति


- दृष्टि संवाददाता

189
Shares

काठमाडौं, १४ माघ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले वाङ्गमय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै माघ ५ गतेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने र नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले जानकारी दिए।

त्यस्तै बिभिन्न आन्दोलनमा सहभागी, सहिद परिवार लगाएको तथ्याङ्क संकलन गर्ने र परिचय पत्र उपलव्ध गराउने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्