Logo
Logo

बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन, एन्फाले निकाल्यो यस्तो सुचना


- दृष्टि संवाददाता

252
Shares

काठमाडौं, १५ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै खेलाडीलाई क्लवसँग सम्पर्कमा रहन आग्रह गरेको छ । एन्फाले जारी गरेको सुचनामा अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन आग्रह गरेको हो ।

गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण रोकिएको बी डिभिजनका बाँकी ३४ खेलहरु फागुन ११ बाट सुरु गर्ने निर्णय गरिसकेको जनाएको छ । तर, लिग खेल्ने क्लबका खेलाडीहरु भने क्लबको सम्पर्कमा नआएपछि एन्फाले बुधबार सूचना जारी गरेको हो ।

एन्फाले सूचना जारी गर्दै खेलाडीलाई क्लबसँग सम्पर्क गर्न अनुरोध गरेको छ र खेलाडी सम्पर्कमा नआए कारबाहीसमेत हुने चेतावनी दिएको छ ।

‘बी डिभिजन क्लबका खेलाडीहरु आफ्नो सम्बन्धित क्लबको सम्पर्कमा नआएको जानकारी प्राप्त भएका कारण सम्पूर्ण खेलाडीलाई तुरुन्तै आफ्नो क्लबको सम्पर्कमा रहिदिनुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘सूचनाको पालना नगरी सम्पर्कमा नआउने खेलाडीहरुलाई एन्फाले नियम बमोजिम कारबाही गर्ने जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्