काठमाडौं, १५ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्कमा २४.८६५ बृद्धि भएको छ । कम्पनीको ३२औँ वार्षिक साधारणसभाले सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको जनाएको छ ।कम्पनीका अनुसार बीमा शुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु.८०५.०५करोड पुगेको हो । जसबाट रु.३५ करोड खुद मुनाफा आर्जन गरेको छ ।
साथै, कम्पनीको साधारणसभाले आ.व.२०७५ र ०७६ को लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने र बोनस सेयर वापतको कर प्रयोजनको लागि रु.१,६२,२४,३५१ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, आ.व.२०७५र७६को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले बृद्धि भई रु.२,६८१ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्तसम्ममा रु. २६ अर्ब ९२ करोड पुगेको सभामार्फत जानकारी दिइएको छ । सो आ.व.मा रु. २६९ करोड कुल दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
चालु वर्षको वोनस गरी कुल चुक्ता पुँजी रु.३ अर्ब ३९ करोड नाघेको छ । कम्पनीको आ.व.२०७५र०७६ को बीमांकीय मूल्याँकन सन्तोषजनक रही सबै बीमालेखमा एक विन्दुले वोनस दर बढाइएको हो ।