Logo
Logo

ओलीको निरंकुशता अन्त्य हुने दिन आइसक्यो : प्रचण्ड


- दृष्टि संवाददाता

1.2k
Shares

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य हुने दिन आएको बताएका छन् ।

लुम्बिनी प्रदेशको वुटबलमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनता सडकमा आइसकेकाले ओलीको निरंकुशता अन्त्य हुने दिन नजिकै आइपुगेको बताएका हुन् । उनले भने- ‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं, अब केहि महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य गर्छौँ ।’

गणतन्त्रका लागि जनताले खेलेको भूमिका स्मरण गर्दै प्रचण्डले अहिले फेरि निरंकुश र लोकतन्त्रविरोधी शक्ति परास्त गर्न जनता त्यसैगरी जाग्नुपर्ने बेला आएको धारणा राखेका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्धा अदालतमा रहेकाले केहि प्रतिकृया नजनाउने बताएका अध्यक्ष प्रचण्डले अबको फैसला जनताले गर्ने समेत बताए । उनले भने- ‘सबैभन्दा ठूलो अदालत तपाईंहरु जनताको जनअदालत हो, यसको फैसला सबैभन्दा ठूलो हो ।’

प्रतिक्रिया दिनुहोस्