Logo
Logo
विदेश पठाइदिन्छु भन्दै ९० लाख ठग्ने पक्राउ

विदेश पठाइदिन्छु भन्दै ९० लाख ठग्ने पक्राउ


- दृष्टि संवाददाता

315
Shares

पोखरा, १५ माघ । विदेश पठाइदिन्छु भन्दै दर्जनौंलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर ३० सिसुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

उनले क्यानडा लगायत विकसित देश पठाइदिन्छु भन्दै ९० लाख रुपैयाँ ठगी गरेको कास्की प्रहरीले जनाएको छ । उनले आफू पहिल्यैदेखि विदेश बसेको र अरुलाई पनि पठाउन सक्ने भन्दै पैसा असुल गरेका थिए ।

कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार धीरजले ३३ जनाबाट ९० लाख रुपैयाँ ठगी गरेका हुन् ।  विश्वकर्माले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका व्यक्तिहरुबाट पैसा उठाएका थिए ।

उनीविरुद्ध १२ माघमा कास्की प्रहरीमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्