Logo
Logo

जब भक्तपुरवासीले सडकमा भाडा फाले…


- दृष्टि संवाददाता

630
Shares

भक्तपुर, १५ माघ । बिहीवार बिहान एकाएक भक्तपुरका चोकचोकमा फुटेको माटोको भाडा देखियो । सडकदेखि चोक र गल्लीगल्लीमा यसरी नै माटोको भाडा फालिएको थियो । जताततै फुटेको भाडा देखेर आश्चर्य लाग्नु स्वभाविक हो । यसरी सडकमा भाडा फालियो भने कि त छिमेकीको गाली बर्सिन्छ, कि त कारवाहीमा परिन्छ । तर, त्यसको ठीक विपरित सडकमा माटोको भाडा फालिएको र फुटेको दृष्य छ्यापछ्याप्ती देखियो ।

खासमा भक्तपुरमा यसरी माटोको भाँडा त्यसै फालिएको होइन । यो त भक्तपुरवासीले ‘छ्याला पुन्ही’ मनाएका हुन् । अर्थात् यस दिन भक्तपुरवासी नगरका चोकचोकमा काम नलाग्ने पुराना माटाको भाडा फुटाउने गर्दछन् ।

नेवार समुदायमा माटोको भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । उनी भन्छन्– ‘छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्त्र्याउने परम्परा छ ।

पुराना कामै नलाग्ने भाडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एकपटक छ्याला पुन्हीको दिन भाडा चोकमा फालिन्छ ।’ पर्वलाई जीवन्तता दिनसके परम्परागत भाँडाकुँंडा बनाउने पेशा जगेर्ना हुने र संस्कृति जीवन्त हुने संस्कृतिविद् ओम धौभडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्