काठमाडौं, १५ माघ । बालुवा प्रशोधन गर्ने नयाँ उद्योग सञ्चालनमा गर्न पदण्डअनुसार आवेदन दिएका नयाँ उद्योगलाई अनुमति दिने निर्णय भएको छ ।
उद्योग तथा लगानी प्रर्बद्धन बोर्डको २ सय ३३औं बैठकले मापदण्डअनुसार आवेदन दिएका नयाँ उद्योगलाई अनुमति प्रदान गर्न निर्देशन दिएसँगै नयाँ क्रसर संचालनको बाटो खुलेको छ ।
औद्योगिक व्यवसाय ऐन २०६७ ले ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधन गर्ने नयाँ उद्योग सञ्चालनमा रोक लगाएको थियो। तर, सोमबार बसेको बोर्डले बालुवा प्रशोधन गर्ने नयाँ उद्योगलाई भने अनुमति दिने निर्णय गरेको हो ।
उद्योग विभागले सीधै यस्ता उद्योग सञ्चालनको अनुमति दिन नसक्ने व्यवस्था रहेकाले ऐनअनुसार बोर्ड या मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्छ। सोही ऐन अनुसार बोर्डदे उद्योग विभागलाई नयाँ क्रसर संचालनको अनुमति दिन निर्देशन गरेको हो ।