सिन्धुली, १५ माघ । बत्ती मुनी अध्यारो भने झै राजधानी काठमाडौ नजिककैको सिन्धुलीका कतिपय ठाउँमा अझै बिजुली पुगेका छैन । कतिपय क्षेत्रमा भर्खरै पुग्दैछ । वर्षौको प्रतिक्षापछि बिजुली पुग्दा खुशीयाली छाएको छ । अरु ठाउँमा बिजुली बत्ती बलेको देख्दै आए पनि टुकीसंँग उज्यालोको सहारा लिएका नागरिक बिजुली बत्तीको उज्यालोमा बस्न पाउँदा खुशी हुनु स्वभाविक हो ।
सिन्धुलीको फिक्कल गाउँपालिकामा बिजुली बत्ती पुगेपछि नागरिकमा खुसीयाली छायो । मट्टितेलको सहायताले टुकी बाल्दै आएका नागरिक बिजुली बत्ती बाल्न पाउँदा खुसी छन् । फिक्कल गाउँपालिकाले गाउँ–गाउँमा बिजुली पुर्याएपछि नागरिकको मुहारमा खुशीयाली छायो ।
सडक, शिक्षा र बिद्युत बिस्तारलाई गाउँपालिकाले विकास पूर्वाधारको नारा बनाएको छ । गाउँपालिकाले सवै वडामा बिजुली बत्ती पुर्याएपछि जीवनयापन सहज भएको फिक्कलवासी महुस गर्छन् । दुर्गम क्षेत्रमा पनि बिद्युत विस्तार गरेको भन्दै जनप्रतिनिधिप्रति स्थानीय अनुग्रहित छन् ।
‘सिन्धुलीको फिक्कल गाउँपालिकामा बिजुली बत्ती पुगेपछि नागरिकमा खुसीयाली छाएको छ । मट्टितेलको सहायताले टुकी बाल्दै आएका नागरिक बिजुली बत्ती बाल्न पाउँदा खुसी नहुने कुरै भएन ।’
पालिकाले तय गरेको ‘सडक, शिक्षा र बिजुली’ फिक्कल विकासको पूर्वाधार नारालाई साकार बनाउने काम भइरहेको छ । फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार भन्छन्–‘जनतामाझ गरेको प्रतिबद्धता अनुसार गाउँपालिकाको केन्द्रसम्म बिजुली बत्ती विस्तार गरिएको हो । हाम्रो लक्ष्य पूरा हुने क्रममा छ ।’
फिक्कल गाउँपालिकाले छिमेकी गोलन्जोर गाउँपालिकादेखि आफ्नो पालिकासम्म बिजुली बत्ती विस्तार गरिसकेको छ । विद्युत प्राधिकरणसँगको समन्वयमा पालिकाभित्रका सबै घरमा बिजुली बत्ती पुर्याउने गाउँपालिकाको लक्ष्य छ । हाल २, ३, ४ र ५ नम्बर वडामा बत्ती विस्तारको काम चलिरहेको छ । बिजुली बत्तीको उज्यालोमा बस्ने चाहना जनप्रतिनिधि आएपछि पुरा भएको स्वानीय बताउँछन् ।