Logo
Logo

असंवैधानिक कदम विरुद्ध विराटनगरमा नेकपाले प्रदर्शन गर्दै


- दृष्टि संवाददाता

756
Shares

विराटनगर, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विराटनगरमा आज प्रतिनिधिसभा विघटनको विरोधमा बृहद् प्रर्दश गर्दैछ । विराटनगरको जनआन्दोलन चोकमा हुने कार्यक्रमलाई सम्बोधन गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भद्रपुर विमानस्थल हुँदै विराटनगर जाँदैछन् ।

विराटनगरको मौसमको कारण विहान हवाई उडान नभएकोले उनी भद्रपुर भएर जान लागेको एक नेताले जानकारी दिए । सभामा सहभागी हुन नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनाल बिहीबार साँझ नै विराटनगर पुगिसकेका छन् । मध्यान्ह १२ बजेबाट हुने सभा अगाडि विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट जुलुस प्रदर्शन हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा पार्टीको बहुमत नेतृत्व आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको क्रममा प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय विरोधसभा हुन लागेको हो ।

प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । सभाको लागि विराटनगरको जनआन्दोलन चौकमा सडकको पश्चिमतर्फ मञ्च निर्माण गरिएको छ । सहभागीहरु भने चोकबाट उत्तर र दक्षिणतर्फको मुख्य सडक तथा ट्राफिकचौक तर्फको हिमालय रोडमा रहेनछन् । सभा सुरु भएपछि विराटनगरको यातायात प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्