काठमाडौं, १६ माघ । नेपाल कम्युष्टि पार्टी नेकपाको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगसँग छलफलका लागि तोकिएको मिति सार्न आग्रह गरेको छ ।
आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाका दुबै पक्षलाई आज बोलाएको थियो ।
अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल राजनीतिक कार्यक्रमका लागि राजधानी बाहिर रहेकाले आजको छलफलमा सहभागी हुन नसक्ने भन्दै निर्वाचन आयोग पुगेका लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले छलफलका लागि माघ १८ गतेपछि उपयुक्त समय तोक्न आग्रह गर्दै पत्र बुझाएका छन् । आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागीहुन नसक्ने पत्रमा उल्लेख गरिएको छ ।