Logo
Logo

अदालतमा बहस जारी रहेपनि निर्वाचन तयारीमा जुट्नुको विकल्प छैन : नेम्वाङ


- दृष्टि संवाददाता

693
Shares

काठमाडौं, १६ माघ । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनको विषय संवैधानिक अदालतमा बहसकै क्रममा रहेता पनि निर्वाचन तयारीमा लाग्नुको विकल्प नरहेको बताएका छन् ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाका दुबै पक्षलाई बोलाएपछि निर्वाचन आयोग पुगेका नेम्वाङले निर्वाचनको तयारीमा लाग्नु पर्ने बताएका हुन । उनले भने– ‘संसद विघटन विरुद्धको मुद्धा अदालतमा सुनुवाई क्रममा रहेता पनि सम्मानित अदालतले अन्याथा आदेश दिएछ भने बेग्लै कुरा नत्र निर्वाचनको तयारीमा जुट्नुको विकल्प छैन ।’

निर्वाचन आयोगसँग भर्खरै छलफ गरेको भन्दै नेता नेम्वाङले निर्वाचन आयोग तोकिएकै मितिमा निर्वान गर्न तयार रहेको बताएका छन् । उनले भने– निर्वाचन आयोगका प्रमुख आयुक्तसँग भर्खरै छलफल भयो, उहाँले तोकिएकै मितिमा निर्वाचन निर्वाचन गर्न तयार छौं भन्नु भयो । हामीले पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने राय दिएर आएका छौ ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाका दुबै पक्षलाई आज बोताएको भनए पनि प्रचण्ड–माधव समूहले आज छलफल गर्न नसक्ने भन्दै समय माग गरेपछि आज छलफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्