काठमाडौं – नेपाली समाजमा अहिले पनि यौनलाई ‘छाडा’ अर्थात विकृति रुपमा मानिन्छ । नेपालमा यौनका विषयमा खुला चर्चा गर्नु त्यती शोभनिय अहिलेसम्म पनि छैन । त्यसैगरी मदिराको कुरामा पनि समाजले नाक खुच्याउँछ । एक हिसाबले यौन र मदिरा दुबै बर्जित विषय हुन् ।
रमाइलो त के भने मदिरा र यौन एकअर्काको परिपुरक हुने कतिपयको बुझाई पाइन्छ । अर्थात मदिराले यौनका लागि मुड बनाउँछ भन्ने उनीहरुको धारणा छ । अर्कोतिर मदिराले यौन जीवनलाई नराम्ररी असर गर्ने तर्क पनि गरिन्छ ।
मान्छेलाई यी दुबैप्रति अधिक चासो चाहि छ । गुगलमा धेरैले के खोजेको पाइन्छ भने, ‘के मदिराले यौन जीवनलाई उत्कर्षमा पुर्याउँछ ?’ यदि त्यसो हो भने कुन चाहि मदिरा यौनका लागि उचित हुन्छ ? के मदिरा पिएपछि पुरुषले लामो समयसम्म यौन क्रियामा भाग लिन सक्छन् ? के महिलाले मदिरा पिएपछि यौनमा अरु आनन्द लिन सक्छन् ?
मदिरा र महिलाको यौन अनुभव
मदिरा र यौनको सम्बन्धबारे सबैभन्दा पहिला विलियम शेक्सपियरले लेखेका थिए । उनले आफ्नो नाटक म्याकबेथमा मदिराको बारेमा लेखेका थिए, ‘यसले तपाईंमा इच्छा जगाउँछ तर पर्फमेन्सको मोर्चामा फेल बनाइदिन्छ ।’
अहिले यस विषयमा केही शोध भएका छन् । उक्त शोध अनुसार संयमित मात्रामा मदिराको सेवनले मुड हल्का बनाउँछ । यसले महिला र पुरुष दुबैका लागि उस्तै नतिजा दिन्छ । तर, मदिराको मात्रा बढी भएमा त्यसले यौन जीवनलाई बर्वाद बनाउँछ ।
मदिरा जब मस्तिष्क र शरीरमा हावी हुन थाल्छ तब यौन भावना हराउँछ । यौनको आनन्द महसुष गर्न सक्दैन । खासगरी महिलाले मदिरा पिएपछि यौन आनन्द अनुभूत नगर्नुको कारण मदिराले भेजाइन आसपासमा रक्त संचार जुन तिब्रतामा हुनुपर्ने हो, सो हुन दिदैन । साथै भेजाइनामा चिल्लोपन पनि कम आउँछ । यस्तो अवस्थामा महिलाका लागि यौन पीडादायी बन्न पुग्छ ।
मदिरा र पुरुषको यौन अनुभव
यसअघि पनि भनियो कि नियन्त्रित मात्रामा लिइएको मदिराले यौनको इच्छा बढाउँछ । यो महिला र पुरुष दुबैमा लागु हुन्छ । तर, जब मदिराको नसा यौनको नसामाथि हावी हुनपुग्छ, तब पुरुषमा शिथिलता आउँछ ।
बढी मात्रामा मदिरा पिएपछि पुरुषले उस्तै सक्रियताका साथ र उहि गतिका साथ यौन क्रियामा भाग लिन सक्दैनन् । त्यसो त नियमित मात्रामा मदिरा सेवनले क्रोनिक इरेक्टाइल डिसफंसन जस्ता समस्या ल्याउँछ, जसले यौन जीवनमा पनि असर गर्छ ।
मदिरा पिएपछि पुरुषहरुमा यौन रुची त जाग्छ, तर सक्रियतासाथ यौन क्रियामा सहभागी हुन सक्दैनन् ।
यौन जीवन जटिल
मदिरा पिएको झोंकमा गरिने यौन क्रियामा कतिपय सावधानी अपनाइदैन । त्यसैले यस्ता यौन क्रिया असुरक्षित हुन्छ । धेरै मदिरा पिएर दम्पतीले सुरक्षित, संयमित ढंगले यौन क्रियामा सहभागिता जनाउन सक्दैनन् ।
त्यसैले मदिरा र यौनलाई आपसमा जोड्नु उनीहरुका निम्ति घातक हुनसक्छ । वेहोशीमा होइन, पूर्ण होसमा सचेतापूर्वक यौनको आनन्द उठाउनु नै उचित हुन्छ ।