Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा कांग्रेसको सभा


- दृष्टि संवाददाता

252
Shares

file photo

काठमाडौं, १६ माघ । प्रधानिधिसभा विघटनको विरुद्ध नेपाली कांग्रेसले आज काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ । कांग्रेसले शुक्रबार दिउँसो १ बजे प्रदर्शनसहित शान्ति बाटिकामा कांग्रेसले सभा गर्न लागेको हो ।
सभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू गगन थापा, पुष्पा भुसाल, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान, सबुजकृष्ण बानियाँलगायतले बोल्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ । कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम सच्चिनुपर्ने बताउँदै आएको छ । हाल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्