Logo
Logo

ओलीको पक्षमा राजामहाराजाका धुपौरेहरु मात्र छन् : प्रचण्ड


- दृष्टि संवाददाता

630
Shares

विराटनगर, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा राजा महाराजाहका धुपौरेहरु मात्र रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीसँग धुपौरेहरु मात्र भएको बताएका छन् । उनले भने– ‘केपी ओलीको पक्षमा राजामहाराजका धुपौरेहरु मात्र छन् । उनी प्रतिक्रान्तिकरीहरुको धेरामा छन् । उनीहरुको इच्छामा चलेका छन् । लम्पसार छन् ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले दलाल पुँजीपतिको पक्षमा काम गरिरहेको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्