विराटनगर, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई इतिहासले कलंकको रुपमा सम्झने बताएका छन् ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापी प्रर्दशनको क्रममा नेकपाले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासले ओलीलाई कलंकको रुपमा सम्झने बताएका हुन ।
ठूलो बलिदानको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्कम व्यवस्था मास्ने काम कलंकले मात्र गर्न सक्ने भन्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले भने– ओलीलाई इतिहासले कलंकको रुपमा सम्झने छ । हिटलरको रुपमा, तानासाहको रुपमा सम्झने छ ।’
इतिहासका ठूला–ठूला तानासाहलाई समेत नजताले सत्ताच्यूत गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको तानासाहीतन्त्र पनि धेरै नटिक्ने बताए । ‘नेपाली जनता सडकमा आइसकेका छन् । जनताले यस्ता तानासाहलाई एक चुड्कीको भरमा सत्ताच्यूत गर्नेछन् । अब त्यो दिन धेरै कुर्नु पर्दैन’ अध्यक्ष प्रचण्डले भने ।