Logo
Logo

त्रिपुरासुन्दरीमा बुद्ध मूर्ति स्थापना


- दृष्टि संवाददाता

504
Shares

सिन्धुपाल्चोक, १६ माघ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ढलौटको बुद्ध मुर्तिको स्थापना गरिएको छ । वडा नं ३ धुस्कुनमाथि पर्ने खाजीलुङ खामडाडामा रु एक करोड ५० लाखको लागतमा खम्बासहित ३८ फिट उचाइको बुद्ध मूर्ति स्थापना गरिएको हो ।

दुई रोपनी जमिनमा उद्यानसमेत निर्माण गर्न वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट रु तीन करोड बजेट स्वीकृत भएकामा उद्यानको काम हुन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी बाह्रबीसे बजारदेखि धुस्कुन हुँदै पिस्करसम्मको १५ दशमलव पाँच किलोमिटर सडकको स्तारोन्नतिसहितको काम गत साउनदेखि शुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्