Logo
Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउने म हुँ : प्रधानमन्त्री ओली


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले प्रचण्ड–नेपाल समूह निर्वाचनबाट तर्सिएको बताएका छन् ।
शुक्रवार नेकपा काठमाडौं महनगर कमिटिीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले प्रचण्ड–नेपाल समूह निर्वाचनसँग डराएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहअप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत खराव हुने तर्क गरे । ओलीले देशलाई सांसद किनबेचको थलो बनाउन खोज्नेलाई जनताले सजाय दिने समेत बताए । प्रधानमन्त्री ओलीले संकटकाललाई देखाउदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पारे ।

आफूलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रम फैलाईएको भन्दै ओलीले उल्टै प्रचण्डलाई प्रधानमन्त्री आफुले बनाएको तर्क गरे । त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्