Logo
Logo

प्रतिनिधिसभा होइन ओलीले संविधान विघटन गरे : सिटौला


- दृष्टि संवाददाता

441
Shares

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनितिधिसभा मात्र नभएर संविधान नै विघटनको अवस्थामा पुराएको आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधिसभा विघटनको बिरुद्धमा कांग्रेस क्षेत्र नम्वर ६ ले काठमाडौंको शान्तिबाटीकामा गरेको कार्यक्रममा सिटौलाले प्रतिनिधिसभा बिघटन गरेर संविधानलाई नै असफल बनाउने प्रयास ओलीले गरेको आरोप लगाए ।


उनले प्रतिनिधिसभा विघटन तानाशाही र निरकुंशता पाल्ने षड्यन्त्र भएकाले जनताको अधिकार अन्त्य हुने तर्फ नगइ आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । सर्वोच्च अदालतले विघटनलाई असफल बनाएर प्रतिनिधिसभा पुनस्र्थापना गराउनुपर्ने उनकाे तर्क थियाे ।

प्रतिक्रिया दिनुहोस्