Logo
Logo

प्रधानमन्त्री ओलीले जनमतको दुरुपयोग गरे : गगन थापा


- दृष्टि संवाददाता

378
Shares


काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको दुरुपयोग गरेको बताएका छन् ।
काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै नेता थापाले संविधान र शास्त्र नपढेका प्रधानमन्त्रीले जनताले दिएको अस्त्रको सदुपयोग गर्न नसकेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई नेपाली जनताले ‘अधिकार खोस्ने शासक’ का रुपमा वर्षौसम्म चिनिरहने थापाको भनाई थियो । संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी गर्दा अन्यथा लिन नहुने तर्क समेत थापाले गरेका थिए । थापाले आफू दुबै संविधानसभाको सदस्य भएको उल्लेख गर्दै नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको तर्क समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्