Logo
Logo

चन्द्रपुरविरुद्ध आर्मीको १० गोल


- दृष्टि संवाददाता

441
Shares

काठमाडौं, १६ माघ । विभागीय टिम त्रिभुवन आर्मीले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०/० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।

आर्मीको फराकिलो जीतमा शर्मिला थापा र रश्मी घिसिङले समान चार चार गोल गरे । यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् ।

चन्द्रपुरविरुद्ध एकपक्षिय जित निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ६ गोल गर्‍यो । जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्