Logo
Logo

बागमती प्रदेशको राजधानी हेटौंडाको पार्किङ अस्थव्यस्त


- दृष्टि संवाददाता

378
Shares

मकवानपुर, १७ माघ । बागमती प्रदेशको स्थायी राजधानी भइसकेको हेटौंडाको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त छ । साँघुरो सडक, अव्यवस्थित पार्किङ, मुख्य बजार क्षेत्रबाट ठूला सवारी गुड्नु र भिडभाडले प्रदेश राजधानीलाई नै कुरुप बनाएको छ ।

देशकै सफा सहरको रुपमा पुरस्कृत भएको हैटौंडा उपमहानगरपालिका अव्यवस्थित पार्किङका कारण झन् अस्तव्यस्त बनेको छ । फोहोर व्यवस्थापनमा निकै लोकप्रियता कमाएको हेटौंडा उपमहानगरले यातायातका साधन पार्किङको सवालमा सधै आलोचना खेपिरहेको छ ।

केही समयअघि उपमहानगरपालिकाले बजारका मुख्य सडकलाई पार्किङ निषेध गरेपनि छोटो समयमै निषेध हटाउन बाध्य भयो । हेटौंडाको व्यस्त बजारलई पार्किङ निषेधित क्षेत्र घोषणा गरिए पनि कार्यान्वयन गर्न उपमहानगर चेक्यो । व्यवस्थित पार्किङका सेवा नहुँदा यातायातका साधन फुटपाथमै पार्क हुन थालेपछि सर्वसाधारण सडकबाटै पैदल यात्रा गर्न बाध्य भए ।

उपमहानगरले पार्किङ निषेधित क्षेत्र त घोषणा गर्यो तर व्यवस्थित पार्किङस्थल बनाउन सकेन । पार्किङस्थल नभएपछि सार्वसाधारणले सडक तथा फुटपाथमै यातायातका साधन पार्किङ गर्न थालेका हुन । बजार क्षेत्रका पसल तथा व्यवसायीक कम्प्लेक्सहरुमा पार्किङ सुविधा छैन । किनमेलमा आउने बाध्य भएर सडकमै पार्किङ गर्छन् । पसलहरुका सामान ओसापसार गर्ने साधनहरु सकडकै पार्क गरिन्छ । त्यसले सडक नै जाम हुने गरेको छ ।

सरकारको पछिल्लो नीति अनुसार ठूला कम्प्लेक्सहरु बनाउँदा अनिवार्य पार्किङ सुविधान हुनु पर्छ । सोहि नीति अनुसार नयाँ कम्प्लेक्सहरुमा पार्किङ सुविधा छ । तर, पार्किङ सहितका कम्प्लेक्सहरु कम छन् । पुरानो बजार क्षेत्रका व्यवसायीक घरहरुमा पार्किङ सुविधान नै नभएकाले समस्या हुने गरेको हेटौंडावासी बताउँछन् ।

अन्य शहरहरु जस्तै हेटौंडामा पनि सडकमै निर्माण सामग्री राख्ने चलन छ । निर्माण सामग्री सडकमै राख्ने गलत परम्पराका कारण पनि सडक समस्या उत्पन्न हुने गरेको छ । उपमहानगरले सडकमै निर्माण सामग्री राख्न नदिने नीति त बनाएको छ । तर, स्थानीय उपमहानगरको नीति मान्न तयार छैनन् । निर्माण सामग्री राख्ने ठाउ नहुने समस्याले सडकमै राख्नुपर्ने बाध्यता सुनाउँछन् ।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाका लागि पार्किङ व्यवस्थापनको चुनौती नयाँ होइन् । नगरपालिका हुँदादेखि नै हेटौंडा बजारको मुख्य चुनौती पार्किङ थियो । नगरपालिकबाट हेटौंडा उपमहानगर र प्रदेशकै राजधानी भइसक्दा पनि पार्किङ व्यवस्थापन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्