Logo
Logo

असंवैधाकि कदमविरुद्ध आन्दोलनमा बामदेव गौतम छिट्टै सहभागी हुने प्रचण्डको दावी


- दृष्टि संवाददाता

2k
Shares

धनगढी, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आन्दोलमा बामदेव गौतम छिट्टै सहभागी हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानकि कदमविरुद्ध नेकपाले सुदुरपश्चिमको धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बामदेव गौतम छिट्टै आन्दोलनमा सहभागी हुने बताएका छन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘बामदेवजीले हिज फोन गर्नु भएको थियो । हामीसँगै भाषण गर्दै हिन्नुपर्ने होइन बामदेवजी भन्दा अब छिटै आउँछु भन्नु भएको छ । उहाँ मिलाउने भनेर बल गर्दै हुनुहुन्छ । बल गरिसकेपछि आउनु हुन्छ ।’

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको सार्वभौम अधिकार कुल्चिएको आरोप समेत लगाएका छन् । सार्वभौम अधिकार सम्पन्न नेपाली जनता आफैले बनाएको संविधानविरुद्ध ओलीले प्रतिनिधिसभा विघटन गर्दै नेपाली जनताको सर्वभौम अधिकार कुल्चेको आरोप लगाएका हुन ।

प्रध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई सामन्तवादको एजेण्ट समेत भनेका छन् । उनले भने– ‘कम्युनिष्ट पार्टीमा घुसेमा सामन्तका एजेन्ट ओलीलाई दुई महिना भित्र सत्ताच्यूत गर्नेछौं । अनि बिकास र समृद्धिको नयाँ युग सुरु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्