Logo
Logo

आजको मौस पुर्वानुमानः उपत्यकामा बिहानको तापक्रम १.८ डिग्री


- दृष्टि संवाददाता

945
Shares

काठमाडौं, १८ माघ । आज आइतबारको मौसम विवरण मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गरेको छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

अहिले देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै देशको पहाडी भूभागका थोरै स्थानहरुमा र तराईका अधिकांश भूभागहरुमा हुस्सु र कुहिरो लागेको महाशाखाले बताएको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै आज दिउँसो प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको बिहानको तापक्रम १.८ डिग्री
नेपालमा अहिले पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको छ । यतिखेर देशका पहाडी भूभागका थोरै र तराईका अधिकांश भूभागहरुमा हुस्सु/कुहिरो लागेको छ ।

आइतबार बिहान ५ बजेर ४५ मिनेटमा गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस रहेको छ । तर, महाशाखाले बिहान ८ बजेर ४५ मिनेटमा गरिने मापनलाई आधिकारिक मान्ने गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्