काठमाडौं, २९ माघ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख भारत पुगेका छन् । भारतमा आयोजनामा हुने Synergised National Response to Emerging IED and Terrorist Threats क विषयक सेमिनारमा भाग लिन उनीहरु भारत गएका हुन् ।
फागुन १ देखि २ गतेसम्म संचालन हुने १९औं अन्तराष्ट्रिय सेमिनारमा चल्नेछ ।
उक्त कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतहरुसँग अन्तरक्रिया तथा राष्ट्रको तर्फबाट सुरक्षा प्रमुखहरुको प्रतिनिधित्वले अन्तराष्ट्रिय स्तरमा सुरक्षा सम्बन्धी सम्बन्ध विस्तार हुन जाने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशिलताका विषयमा विश्लेष्ण गर्न सहयोग पुग्ने छ ।
खनाल र अधिकारीलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित बिदाई गरे ।
प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाले प्रहरी मुख्यालयले जनाएको छ।